राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ जाजरकोटद्धारा नर्वनिर्वाचित सांसदलाई सम्मान


जाजरकोट । राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ समन्वय समिति, जाजरकोटले नव निर्वाचित सांसदलाई सम्मान गरेको छ । फुलमाला, अविर लगाउनुको साथै सम्मान पत्र प्रदान गरेर राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ समन्वय समिति, जाजरकोटले नव निर्वाचित सांसदलाई सम्मान गरेको हो ।

राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ समन्वय समिति, जाजरकोटका अध्यक्ष रिता पुनले नव निर्वाचित प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेत र प्रदेश सभा सदस्य बेदराज सिंहलाई फुलमाला, अविरसंगै सम्मान पत्र हस्तान्तरण गरेर सम्मान गरेकी थिईन भने, कार्यसमितका अन्य सदस्यहरुले सम्मान कार्यक्रममा साथ दिएका थिए ।

औपचारिक रुपमा आयोजना गरिएको सम्मान कार्यक्रममा आफ्नो भनाई राख्दै प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेतले नेपालमा संघीयता लागु भएपछि मात्र नेपालीले चार जात छतिस वर्णको साँझा फुलवारी बास्तविक अनुभुति गर्न पाएको भनाई राखेका थिए । संघीयताको सुदृढीकरणबाट मात्र जात, जाति, धर्म र भाषाको संरक्षण हुने बताउदै बस्नेतले संघीयतालाई मजवुत बनाउन अझै बढि मेहनत गर्नुपर्ने भनाई राखेका थिए ।

राष्ट्रिय आदिबासी जनजाति महिला महासंघले बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै प्रदेश सभा सदस्य बेदराज सिंहले राष्ट्रिय आदिबासी जनजाति महिला महासंघमा गोलबन्द भएका महिला दिदी बहिनीहरुको राय, सुझावहरुलाई लिएर आफु अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । लोप हुदै गएको आदिबासी जनजातिहरुको भाषा शिक्षाको संरक्षणमा नव निर्वाचित साँसदहरुलाई अध्यक्ष पुनले जोड दिन आग्रह गरिन् ।

तपाईको प्रतिक्रिया