विप्लव नेकपाको ९ औं पुर्नगठन दिवस : जाजरकोटमा भलिवल देखि फुटवल सम्मको आयोजना

No description available.
जाजरकोट । नेत्र विक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपाले यति वेला देशभर पार्टीको ९ औं पुर्नगठन दिवस मनाईरहेको छ । त्यही क्रममा जाजरकोटमा पनि विभिन्न खेलकुद तथा प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरी पार्टीको पुर्नगठन दिवस मनाईरहेको छ ।

जिल्लाको कुशे गाउँपालिका वडा नं ५ मालुमेलामा भलिवल देखि फुटवल सम्मको आयोजना गरिएको नेकपा जाजरकोटका सेक्रेटरी विराजन सीले जानकारी दिए । उनका अनुसार पार्टीको ९ औं पुर्नगठन दिवसको अवसरमा उक्त कार्यक्रम गरिएकोे हो । विभिन्न नगरपालिका तथा गाउँपालिका स्तरीय फुटवल, भलिवल प्रतियोगिताको आयोजना गरिएको छ ।

No description available.

फुटवल प्रतियोगितामा विजेताले ६० हजार पुरुस्कार पाउने छ भने उपविजेताले ३५ हजार पुरुस्कार पाउने छ । यस्तै, भलिवल प्रतियोगितामा विजेताले ६० हजार र उपविजेताले ३५ हजार पुरुस्कार पाउने नेकपा जाजरकोटका प्रकाशन तथा प्रसारण विभाग प्रमुख दीपेन्द्र सीले बताए । प्रतियोगिताहरुमा लोकदोहरी, हाजिरीजवाफ,नृत्य प्रतियोगिता समेत राखिएको बताईएको छ । स्थानीय, लोकझाँकी, खाँडो, सरङ्गे, पैसेरी लगायतका नाँचहरु समेत प्रस्तुत गरिनेछ । कार्यक्रमहरु मंसिर १२ गते सम्म चल्नेछन् ।

 

तपाईको प्रतिक्रिया