रक्तदान गर्दै प्रहरी


जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत एक प्रहरी जवानले सुत्केरी महिलालाई रक्तदान गरेका छन् । नलगाड नगरपालिका ०८ बस्ने ३३ बर्षकी लक्ष्मी खत्रीलाई प्रहरी जवान महेन्द्र थापाले रक्तदान गरेका हुन् ।

समान्य अवस्थामा बच्चा नजन्मिई अप्रेशसन गरी उपचार गर्दा लक्ष्मीको शरीरमा रगतको मात्रा कमी भई वी पोजिटेभी रगत आवश्यक परेको भन्दै अस्पतालले जिल्ला प्रहरी कार्यालयमा फोन गरेको जिप्रका जाजरकोटले जनाएको छ ।

त्यसपछि त्यहाँ कार्यरत थापाले रक्तदान गरेका हुन् । रक्तदानपछि लक्ष्मीको अवस्था समान्य रहेको र उपचार भईरहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया