जाजरकोटमा समानुपातिक तर्फ , संघमा काँग्रेस पहिलो, प्रदेशमा एमाले, माओवादी तेस्रो


जाजरकोट । जाजरकोटमा गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार एक प्रतिनिधि सभा र २ प्रदेश सभा रहेको जाजरकोटमा प्रदेशमा नेकपा एमाले पहिलो स्थानमा छ भने प्रतिनिधि सभामा नेपाली काँग्रेसले पहिलो स्थान हासिल गरेको छ ।

यस्तै, प्रतिनिधि सभातर्फ कुल ६५ हजार ६ सय ८९ खसेको मतमध्ये २२ हजार ९३४ मत सहित नेपाली काँग्रेस पहिलो, दोस्रोमा नेकपा एमाले १९ हजार ७४९ मत प्राप्त गरी दोस्रो स्थानमा छ । यस्तै, नेकपा माओवादी केन्द्रले १४ हजार ४१२ मत प्राप्त गरी तेस्रो स्थानमा छ । कुल मतमध्ये प्रदेशतर्फ ५ हजार ५१० मत बदर भएका छन् ।

कुल दलले कति मत पाए ?

No description available.

No description available.

तपाईको प्रतिक्रिया