नविन पि.एम.
सल्यान । सल्यानमा गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा को समानुपातिक तर्फको मतगणना सकिए संगै ।अन्तिम मत परिणाम सार्बजनिक भएको छ । जस अनुसार एक प्रतिनिधि सभा र २ प्रदेश सभा रहेको सल्यानमा एमाले दुबै सभा तर्फ अगाडि देखिएको हो ।
यस्तै प्रतिनिधि सभा तर्फ कुल ८४ हजार ७ सय ८९ खसेको मत मध्ये नेकपा एमाले सल्यानले २२ हजार २ सय ५६ मत सहित पहिलो, दोस्रोमा नेकपा माओवादी केन्द्रले २१ हजार ३ सय २५, नेपाली काङ्ग्रेसले १९ हजार ९ सय ६६, एकीकृत समाजबादी पार्टीले ५ हजार ९ सय ७० मत सहित चौथो , ४ हजार ५ सय २२ मत प्राप्तगरि राष्ट्रिय स्वतन्त्र पार्टी पाँचौं र राप्रपाले २ हजार ३ सय ८ मत प्राप्त गरि छैठौं स्थानमा रहेको छ्न ।
कुल ८४ हजार ७ सय ८९ खसेको मत मध्ये सदर मत ७८ हजार ५ सय ७४ र बदर मत ६ हजार २ सय १५ रहेको थियो ।
प्रदेश सभातर्फपनी एमाले पहिलो माओवादी दोस्रो र काङ्ग्रेस तेस्रो स्थानमा छ्न ।
प्रदेश सभा तर्फ जम्मा ८२ हजार ९ सय ९८ खसेको मतमा नेकपा एमालेले २२ हजार ३ सय १९ मत सहित पहिलो भएको छ । नेकपा माओवादी केन्द्रले २१ हजार २ सय ३१ मत प्राप्त गरेर दोस्रो भएको छ । १८ हजार ६ सय ४८ मत सहित नेपालि काङ्ग्रेस तेस्रो स्थानमा, एकीकृत समाजवादी ८ हजार ४ सय २९ मत प्राप्त गरि चौथो र ३ हजार ४ सय ४ मत सहित पाचौं स्थानमा राप्रपा छ ।प्रदेश सभा तर्फ खसेको कुल मत ८२ हजार ९ सय ९८ मध्ये सदर मत ७६ हजार ७ सय ६७ र बदर मत ६ हजार २ सय ३१ रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय सल्यानले बताएको छ ।
। ११ मंसिर २०७९, आईतवार