कतार विश्वकप : अर्जेन्टिना र मेक्सिको भिड्दै

कतार विश्वकप : अर्जेन्टिना र मेक्सिको भिड्दै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार राति अर्जेन्टिनाले मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ ।

उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले लुसाइल स्टेडियममा मेक्सिकोको सामना गर्नेछ । अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
अर्जेन्टिना आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा अर्जेन्टिनाले अप्रत्यासित रुपमा साउदी अरेबियासँग २-१ ले पराजित भएको थियो ।

त्यसैले मेक्सिकोविरुद्ध अर्जेन्टिना ३ अंककै खोजीमा हुनेछ । मेक्सिकोविरुद्धको खेल गुमाएको खण्डमा अर्जेन्टिना बाहिरिनेछ ।

यता, मेक्सिको पनि पहिलो जितमा खोजीमा रहेको छ । पहिलो खेलमा मेक्सिकोले पोल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

नकआउट चरणमा पुग्नका लागि समेत मेक्सिकोलाई तीन अंक आवश्यक रहेको छ ।

समूह ‘सी’ मा अंक विहीन अर्जेन्टिना पुछारमा रहेको छ ।

मेक्सिको १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

हेड टु हेड –

अर्जेन्टिना र मेक्सिको अहिलेसम्म ३५ खेल भएको छ । जसमा अर्जेन्टिनाले १६ खेल जित्दा मेक्सिकोले १४ खेल जितेको छ ।

दुई टोलीबीच ५ खेल बराबरीमा सकिएको छ ।

सम्भावित सुरुआती-११

अर्जेन्टिना – ई मार्टिनेज, मोलिना, रोमेरो, ओटामेन्डी, अकुना, डी पाउल, परेडेस, म्याक एलिस्टर, मेस्सी, एल मार्टिनेज, डि मारिया

मेक्सिको – गुइलेर्मो ओचोआ, जोर्गे सान्चेज, सेजर मोन्टेस, हेक्टर मोरेनो, जेसस ग्यालार्डो, हेक्टर हेरेरा, एडसन अल्भारेज, लुइस चाभेज, हिर्भिङ लोजानो, एलेक्सिस भेगा, रोजेलियो फ्युनेस मोरी

प्लेयर्स टु वाच –

यस खेलमा अर्जेन्टिनाका लियोनल मेस्सी र मेक्सिकोका हिर्भिङ लोजानो प्लेयर्स टु वाचमा रहने छन् ।

तपाईको प्रतिक्रिया