मुगु (क) बाट गठबन्धनलाई पराजित गर्दै एमालेका मल्ल विजयी


मुगु । कर्णाली प्रदेशको मुगु बाहेक सबै जिल्लाको चुनावी नतिजा आइसकेको छ । मुगु (क)को पछिल्लो नतिजा अनुसार गठबन्धनलाई पराजित गर्दै एमालेका जितबहादुर मल्लले जित निकालेका छन्।

मल्लले आफ्ना प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल बहादुर बमलाई १ हजार ७३ मतान्तरले पराजित गरेका हुन् । मल्लले ६ हजार ६१८ मत ल्याएर निर्वाचित हुँदा समाजवादीका बमको पक्षमा ५ हजार ४४५ मत आएको छ ।
निर्वाचित मल्ल एमालेका मुगु जिल्ला अध्यक्ष हुन् भने पराजित बम यसअघि ०७४ मा एमालेबाट प्रतिनिधि सभा चुनाव जितेका थिए ।

तपाईको प्रतिक्रिया