ओलीलाई प्रचण्डका विद्यार्थी नेताको जवाफ – ‘आत्माआलोचना गर्नुस्’


जाजरकोट । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कर्णाली प्रदेश समितिका प्रमुख सचीव अटल आचार्यले आत्माआलोचना सहित एकताको पहल गर्न आग्रह गरेका छन् । कम्युनिष्ट जनमतको ओरालो यात्रामा नमिठो अनुभुती भएको भन्दै प्रमुख सचीव आचार्यले आत्माआलोचना गरेर अघि बढ्न सामाजिक सञ्जाल मार्फत आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कमरेड ओली, फोन ढिला गर्नु भो राजनीति भित्र इमानदारीता जरुरी हुन्छ । त्यो तपाईंले समयमै देखाएको भए तपाइँको हेड्क्वाटरमा यत्रो बिघ्न बमवार्ड हुँदैन थियो । फोन गर्नु भएछ ठिक छ अब आत्माआलोचना सहित एकतामा आउनुहोस् ।’

तपाईको प्रतिक्रिया