नविन पिएम,
सल्यान । सल्यानमा वाम लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवार निर्वाचित भएका छन् । एक प्रतिनिधि सभा रहेकोे सल्यानमा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला निर्वाचित भएका छन् । बिहीबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार उनी ३५ हजार ७ सय मत का साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले शाहले १९ हजार ७८९ मत प्राप्त गरेका छन् उृनीहरु विचको १५ हजार ९११ मतान्तर रहेको छ । त्यस्तै, एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याएका छन् ।
जिल्लाभरी जम्मा मत ः ८३६७४ खसेको थियो भने सदर मत ः ७६३०५ भने बदर मत ः ७३६९ थियो ।
त्यस्तै प्रदेश सभा (क) बाट वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिनुभएका माओवादीका केन्द्रका भीम प्रकाश शर्मा विजयी भएका छन् । बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणाममा शर्मा ८ हजार १८ मतान्तरका साथ निर्वाचित भएका छन् । उनी २२ हजार २४३ मतका साथ निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रितिद्वन्द्वी नेकपा एमालेका कुलबहादुर गिरीले १४ हजार २२५ मत प्राप्त गरेको छन् । प्रदेश सभा (क) जम्मा खसेको मत ः ४११७६ थियो भने सदर मत ः ३८८२८ र बदर मत ः २३४८ मत थियोे ।
त्यस्तै प्रदेश सभा (ख ) बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारी नेपाली कांग्रेसका सुरेश अधिकारी निर्वाचित भएका छन् । अधिकारी २०हजार ४०८ मतका निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गुलावजंग शाहले १६हजार ८१८ मत प्राप्त गरेका छन् । प्रदेश सभा (ख) जम्मा खसेको मत ः ४१९६७ थियो भने सदर मत ः ४००६९ र बदर मत ः १८९८ थियो ।
। ८ मंसिर २०७९, बिहीबार