जाजरकोटमा ६३ प्रतिशत मत खस्यो

जाजरकोटमा ६३ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदको आईतवार भएको निर्वाचनमा ६३ प्रतिशत मत खसेको छ । जाजरकोटमा स्थानीय तहमा खसेको मत भन्दा ८ प्रतिशत मत कम खसेको छ । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा करीव ७२ प्रतिशत मत खसेको जाजरकोटमा यस पटक ६३ दशमलब ८१ प्रतिशत मत मात्र खसेको छ ।

कुल एक लाख तीन हजार तीन सय ६३ मत मध्य ६५ हजार नौ सय ६१ मत खसेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । भेरी नगरपालिकामा १३ हजार ६ सय ४१ मत खसेको छ । नलगाडमा १० हजार २ सय ८१ मत, छेडागाडमा १३ हजार ४ सय १८, बारेकोटमा ८ हजार ३ सय ४०, कुशेमा ७ हजार ५ सय ३, जुनीचाँदेमा ७ हजार ६ सय ६७ र शिवालयमा ५ हजार १७ मत खसेको छ । त्यस्तै अस्थायी मतकेन्द्रमा ९४ मत खसेको छ ।

धेरै मतदाताहरु रोजगारीको खोजीमा भारत लगायतका देशमा बैदेशिक रोजगारमा गएका, देशकै शहरी क्षेत्रमा गएका र अध्ययनको सिलसिलामा जिल्ला बाहिर गएकाहरु पनि नफर्किएका कारण कम मत खसेको हो ।

तपाईको प्रतिक्रिया