जाजरकोटमा राष्ट्रिय जनमोर्चा र नेसपाले गठबन्धनलाई सहयोग गर्ने

खलंगा । जाजरकोटमा राष्ट्रिय जनमोर्चा र नेसपाले गठबन्धनलाई सहयोग गर्ने भएका छन् । पाँचदलीय गठबन्धनले गरेको निर्णयलाई कार्यान्वयन गर्दै गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।

राष्ट्रिय जनमोर्चा जाजरकोटका अध्यक्ष पूर्णबहादुर विसीले एक अपिल जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनलाई भोेट हाल्न अपिल गरेका छन् ।
यस्तै नेपाल समाजवादी पार्टीका उपाध्यक्ष भक्तबहादुर शाहले बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई भोट हाल्न आम मतदाता सँग अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई भोट हाल्न अपिल गरेका हुन् । बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्दका महासचिव शक्तिबहादुर बस्नेत प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।

यस्तै, प्रदेश सभातर्फ क्षेत्र नं (क) नेपाली काँग्रेसका वेदराज सिंह र क्षेत्र नं (ख) मा नेपाली काँग्रेसका राजीव विक्रम शाह बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् ।

No description available.

तपाईको प्रतिक्रिया