
कुशे । जिल्लाको कुशे गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र परित्याग गरी २४७ जनाले एमाले प्रवेश गरेका छन् । कुशे गाउँपालिका वडा नं ३ टापुचाैरमा भएको एमालेको चुनावी आमसभामा उनीहरुले प्रवेश गरेको नेकपा एमाले जाजरकोटका उप सचिव गोपाल नेपालीले जानकारी दिए ।
माओवादी केन्द्रका प्रदेश सल्लाहकार कालीबहादुर सिंह, समाजवादीका जिल्ला कमिटी सदस्य देवी प्रसाद जैसी सहित दर्र्जनौ कार्यकर्ताले एमाले रोजेका हुन् ।























































। २२ कार्तिक २०७९, मंगलवार