छेडागाड नगरपालिकाद्धारा प्रहरी चौकीलाई मोटरसाइकल


जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाले प्रहरी चौकी छेडागाडलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । वडा एरियाहरुमा ग्रामिण गस्ती गर्न, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न सहजता पुगोस भनी मोटरसाइकल हस्तान्तरण गरेको हो ।

नगरपालिकाले प्रहरी चौकी छेडागाडलाई लु ८७ प ९७८० नम्बरको बजाज कम्पनीको कालो रङको २२० सीसी भएको मोटरसाईकल हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया