शर्माको बाचा वनगाडमा पानीको समस्या हटाउने, आर्थिक विकास संगै गठवन्धन राष्ट्रिय आवश्यकता हो : ज्वाला

No description available.
नबिन पिएम
सल्यान । वाम लोकतान्त्रीक गठबन्धनको बनगाड कुपिण्डे नगरपालिकामा अगुवा कार्यकर्ता भेलालाई आइतबार सल्लिबजारमा सम्बोधन गर्दै एकीकृत समाजवादीका नेता तथा गठबन्धनका सल्यान प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश ज्वालाले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सल्यानमा सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताउनुभएको छ ।

आफुले जितेपछी जिल्लाको समग्र आर्थिक बिकासमा लागि पर्ने र गठबन्धन चुनाब जित्नको लागि नभइ रास्ट्रिय आवस्यकताको लागि बनेको उहाको भनाइ थियो । ज्वालाले उक्त संयुक्त भेलामा आफ्नो भनाइ राख्दै संघीयता अनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न र संविधानको रक्षा गर्न गठबन्दन्का साझा उम्मेदवारलाई बिजय बनाउन आवश्यक रहेको पनि बताउनुभयो ।

गठबन्धनको उक्त भेलामा प्रदेश सभा “क“ उम्मेदवार तथा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्माले यस पटक मतदाताहरूले गठबन्धनका साझा उम्मेदवारको पक्षमा राम्रो प्रतिक्रिया दिइरहेको उल्लेख गर्दै जिल्लाको पश्चिम् बनगाडका नागरिकका समस्या सम्बोधन गर्न आफू चुनाव जितेपछि पनि जनताकै पक्षमा काम गर्ने बताउनु भयो ।

गठबन्धनका साझा उम्मेदवार शर्माले यस क्षेत्रमा रहेको पानीको मुख्य समस्यालाई तीन वटै तहका सरकार लागेर समस्या समाधान गर्ने कुरामा आफू प्रतिबद्ध रहेको बताउनु भयो । र आफू गठबन्धनको साझा उम्मेदवार भएकोले चुनाब जितिसके पनि आवस्यकता अनुरुप साझा रुपमा जिल्लाको बिकाशमा लागि पर्ने बताउनु भयो ।

No description available.

गठबन्धनको बनगाड कुपिण्डे नगरपालिकाको अगुवा कार्यकर्ता भेलामा । सल्यान बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा एसका नेता प्रकाश ज्वाला,प्रदेशसभा“ क“का उमेदवार तथा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्मा,निर्वाचन परिचालन समितिका जिल्ला संयोजक तथा माओवादी केन्द्रका नेता टेकबहादुर वस्नेत,सह संयोजक नेपालि कांग्रेसका जिल्ला सभापति केशवहादुर विष्ट,माओवादी केन्द्रका निर्वाचन सह संयोजक कृतिवहादुर पुन( प्रकाण्ड),नेकपा एसका जिल्ला अध्यक्ष तथा निर्वाचन सह संयोजक हरि केसि,लगाएतका नेताहरुको उपस्तिथि रहेको थियो ।

तपाईको प्रतिक्रिया