निर्वाचन विशेष : जाजरकोटमा एक हजार एक सय ४० कर्मचारी खटिने

४ सय कर्मचारी निर्वाचनमा खटिने, भोलीदेखि तालिम
खलंगा । आसन्न मंसिर चार गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जाजरकोटमा एक हजार एक सय ४० कर्मचारी खटिने भएका छन् । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक लगायतका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय जाजरकोटका प्रमुख नविन कुमार कठायतले जानकारी दिए । जिल्लाभर १ सय ४२ स्थायी र एक अस्थायी मतदान केन्द्र रहेका छन् भने ८३ मतदान स्थल कायम गरिएको छ ।

प्रति मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी र एक कार्यालय सहयोगी कर्मचारी रहने छन् भने अस्थायी मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, एक सहायक कर्मचारी र एक कार्यालय सहयोगी रहने छन् ।

त्यसैगरी चार स्वयंसेवक मतदान केन्द्रमै नियुक्त गरेर खटाइने निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोटका सातवटै स्थानीय तह गरी १ लाख ३ हजार ६३ मतदाता छन् । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ मा पुरुष २९ हजार ४ सय २२, महिला २७ हजार १ सय ४३ र अन्य १ जना गरि जम्मा ५६ हजार ५ सय ६६ मतदाता छन् ।

क्षेत्र नं २ मा पुरुष २४ हजार ८ सय ७९, महिला २१ हजार ६ सय १४ र अन्य १ जना गरी जम्मा ४६ हजार ४ सय ९४ जना रहेको निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ । मतदाता शिक्षाका लागि सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहने गरी वडासचिव र महिला स्वयंसेविकालाई परिचालन गरिने छ । मतदाता शिक्षाका लागि जिल्लास्तरीय समितिसमेत गठन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्लामा ८ सय ६० म्यादी प्रहरी निर्वाचनको सुरक्षामा खटिने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया