जुनीचाँदेमा गर्भवती महिलाको हवाई उद्धार

जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिका वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीको पहलमा एक गर्भवती महिलाको उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं २ निवासी १९ बर्षिया रेखा विकको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
हिजो (सोमबार) साँझ बाट सुत्केरी वेथाले छट्पटाईरहेकी विकको गाउँमै उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको अध्यक्ष नेपालीले जानकारी दिए ।

उनले भने, ‘मलाई जानकारी हुने वित्तिकै जिल्ला प्रशासनलाई आग्रह गरेको थिए, त्यसपछि प्रशासनको सहयोगमा सुत्केरी वेथाले छटपटाईरहेकी विकको उद्धार गरेका छौं ।’

तपाईको प्रतिक्रिया