सल्यानमा बिबाह गर्ने प्रलोभन देखाइ जबर्जस्ति करणी गरेको आरोपमा एक युवक पक्राउ

No description available.

नबिन पिएम
सल्यान । सल्यानमा बिबाह गर्ने प्रलोभन देखाइ जबर्जस्ति करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छ्न ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न.३ का २० बर्षीय रेबन्त बुढालाइ प्रहरीले पक्राउ गरेको छ ।

उनले १८ बर्षीय युवतीलाइ विवाह गर्ने प्रलोभन देखाइ स्थानिय बनगाड कुपिन्डे १ माल्पे स्थित जंगलमा लगेर गत १२ गते राति करिव साडे ११ बजे जबरजस्ति करणी गरि ज्यान मार्ने नियतले कुटपिट गरि बेहोस बनाइ छाडेर भागेका थिए।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दरखास्त पेश भएपछी तत्काल प्रहरी टोली परिचालन गर्दा अभियुक्त बुढालाइ जिल्लाको बनगाड कुपिन्डे १ सल्लीबजारबाट १३ गते बिहान लुकेर बसेको अबस्थामा पक्राउ गरेको थियो ।

पक्राउपछि बुढालाई जिल्ला प्रहरी कार्यालय सल्यानमा दाखिला गरि जबरजस्ती करणी गरि ज्यान मार्ने उधोग गरेको मुद्दा शिर्षकमा मुद्दा दर्ता गरि सम्मानित जिल्ला अदालत सल्यानबाट सोहि मुद्दा शिर्षकमा म्याद थप गरि थप अनुसन्धान कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनु भयो ।

पिडित किशोरीको हालको स्वास्थ्य अवस्था मध्यम तथा सुधार उन्मुख रहेको र नेपालगन्ज बाकेमा उपचार भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

तपाईको प्रतिक्रिया