सामाजिक सुरक्षा भत्ता बुझ्न सडकमै लाइनमा

No description available.
नबिन पिएम
सल्यान । सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि सेवाग्राहीहरु सडकमा लाईन बस्न बाध्य भएका छन् । सल्यानको लक्ष्मी बैंक लिमिटेड सल्लिबजार शाखामा सामाजिक सुरक्षा भत्ता बुझ्नको लागि बनगाड कुपिन्डे नगरपालिकाका सेवाग्राहीहरु बिच सडकमै लाइनमा बस्न बाध्यता भएका हुन् ।

आइतबार वडा नं ३ को भत्ता बुझ्ने पालो थियो तर १२ वटा वडा रहेको नगरपालिकामा १२ दिन यसरी बैंकको पासपास सेवा ग्राहीहरु बस्ने ठाउ पनि छैन ,लाइन लाग्नु पर्ने भएको हुदा बिच रोडमै सेवा ग्राही हरु चर्को घाम खेपेर पालो कुर्नु पर्ने बाध्यता छ । बैकमा सेवा ग्राहिका लागि शौचालय पनि छैन आसपासमा शार्बजनिक शौचालय पनि नहुदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक ,अपांगता भएका ब्यक्ति लगायत आम नागरिकलाई निकै समस्या हुने गरेको वडा नम्बर ३ का आइते पुनले बताउनु भयो ।

बैंकको नजिक बस्ने उचित ठाउ नहुदा सेवा ग्राहीहरु पसल र बिच सडकमै बस्नु पर्ने बाध्यता छ । भने त्येस कारण सवारी दुर्घटना हुने सम्भावना बढि रहेको छ ।त्येस्तै पसलको बाटोमा बस्दा पसलका ग्राहक र ब्यापारीहरु लाइ आवत जावतमा समस्या हुने गरेको ब्यापारीहरु बताउछ्न ।
यस्को तत्काल ब्यबस्थापन र यो समस्याको समाधान गर्न बैंक र नगर पालिकाले बेलैमा सोच्नै पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया