
जाजरकोट । जिल्लाको नलगाड नगरपालिकाकाले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका वादी र अन्य विपन्न समुदायलाई नजिकिदै गरेको चाड दशैलाई मध्यनजर गदै खाद्यान्न वितरण गरिएको हो ।
नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई केजी दाल वितरण गरिएको नगर उपप्रमुख सरिता सिंहले जानकारी दिइन् । आर्थिक अभावका कारण घरमा चुल्हो बल्न धौ —धौ परेका ति विपन्न परिवारलाई थोरै भएपनि चाडवाड मनाउन सहज होस भनेर खाद्यान्न सहयोग गरिएको नगरउपप्रमुख सिंहले बताईन् ।
















































। १६ आश्विन २०७९, आईतवार