
जाजरकोट । गत असोज सात गतेदेखि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन सुरु ग¥यो । पश्चिम जाजरकोटका ठूला बजारहरु बाट अनुगमन सुरु गरेको कार्यालयले एक हप्ता सम्म नियमित यहाँका ठूला बजारहरुको अनुगमन ग¥यो ।
अनुगमनको नेतृत्व उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले गरेपनि पशु अस्पताल तथा पशु सेवा कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, कृषि विकास कार्यालय र उद्योग बाणिज्य संघका प्रतिनिधीहरुले संयूक्त रुपमा बजार अनुगमन गरे । विहीबार सम्म गरिएको अनुगमन बाट दश लाख भन्दा बढी म्याद नाघेका खाद्य वस्तुको नष्ट गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका प्रमुख मानबहादुर खत्रीले बताए ।
पश्चिमी क्षेत्रका छेडा, मोर्क र थलह बजार, सदरमुकामको खलंगाको ठाँटी, तल्लो थाप्ले, शान्तिचौतारा र गैरीखालीका एक सय भन्दा बढी पसलहरुको संयूक्त अनुगमन गरिएको खत्रीको भनाई छ । ति पसलहरु बाट म्याद नाघेका, लेवलिङ्ग नगरेका, मुल्यसूची नभएका अघिकांश खाद्यवस्तुको नष्ट गरिएको छ ।
दशैं तिहारजस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामान बिक्री वितरणका लागि आएको हुनसक्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको प्रमुख खत्रीको भनाई छ ।
म्याद गुज्रिएका, लेवल नभएका सामाग्री जहाँ फेला पर्छ त्यहीँ नै नष्ट गरिँदै आएको उनको भनाई छ । अनुगमनका क्रममा पसल दर्ता, नवीकरण गरेको वा नगरेका, मुल्युसूची राखे÷नराखेको लगायतका कुराहरुलाई समेटि बजार अनुगमन गरिएको छ ।
बजारमा अखाद्य वस्तुको चाङ
संयूक्त अनुगमनले जाजरकोका बजारमा अखाद्य वस्तुको विगविगी बढिरहेको बताएको छ । उपभोक्ताहरूले मूल्य पनि अचाक्ली बढेको भन्दै गुनासो गरेपछि अनुगमन गर्दा अखाद्य वस्तुको विगविगी बढिरहेको पाईएको हो । पश्चिमी क्षेत्रका मुख्य व्यापारिक केन्द्रमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको नेतृत्वमा अनुगमन जारी राखिएको हो । अनुगमन टोलीले एक सातादेखि मोर्क, छेडा, थलह र खारालगायत बजारमा अनुगमन गरिरहेको छ । अनुगमन टोलीले शिवालय गाउँपालिका र छेडागाड नगरपालिका विभिन्न पसलबाट मात्रै झन्डै ५ लाख मूल्यको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका खरिदार नवीन सिंहले बताए । उनका अनुसार नागरिकको खाद्य सुरक्षामा टेवा पु¥याउन बजार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पसल दर्ता, नवीकरण भए÷नभएको, मूल्यसूची राखे÷नराखेको लगायतलाई पनि ध्यान दिइएको उनले जानकारी दिए । ठूला चाडपर्वहरू नजिकिएकाले उपभोक्ताहरू ठगिने, म्याद नाघेका सामानको बिक्री वितरण हुने, व्यापारीले आफूखुसी मूल्य बढाउनेलगायत गुनासो बढेको छ । गुनासोपछि संयुक्त रूपमा बजार अनुगमन थालिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अधिकृत महेन्द्र भँडेलले बताए । उनका अनुसार जाजरकोटका पश्चिमी क्षेत्रका बजारका ५५ भन्दा बढी पसलको अनुगमन गरिएको छ ।
ती पसलबाट ८ सय १० किलो मासको दाल, २० किलो जिरा, ११ बोरा बेसार, ४३ बोरा मिठाइ, ९ बोरा चुइगम बरामद गरिएको छ । सुर्खेत र नेपालगन्जका व्यापारीले म्याद नाघेका वस्तुहरू ग्रामीण बजारमा पठाउने गरेको स्थानीय नवीन सिंहले बताए । उनका अनुसार स्थानीय उपभोक्ता अधिकारबारे सचेत नहुँदा बजारमा जस्तोसुकै खाद्य सामग्रीको बिक्री भइरहेको छ । ग्रामीण बजारमा सरकारी निकायको ध्यान नगएको स्थानीय कमल केसीले बताए । उनले भने, ‘प्रशासनले सदरमुकामका २÷४ वटा पसलमा झारा टार्ने हिसाबले अनुगमन गर्छ, त्यो पनि दसैंको मुखमा मात्रै, त्यसैले पनि व्यापारीको मनपरी चलिरहेको छ ।’
















































। १४ आश्विन २०७९, शुक्रबार