यस्ता छन् कृषि विकास कार्यालय जाजरकोटमा आर्थिक वर्षका कार्यक्रमहरु

पहुँचवालालाई पटक पटक अनुदान
जाजरकोट । आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने कार्यक्रमहरुको सार्वजनिकीकरण गरिएको छ । कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटले चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमहरुको सार्वजनिकीकरण गरेका हुन् ।

जिल्ला समन्वय समिति जाजरकोटको सभाहलमा भएको कार्यक्रममा जिल्ला स्थिति सरोकारवालाहरु निकायका प्रनिनिधी, सात वटै स्थानीय तहका कृषि शाखाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको कृषि विकास कार्यालय जाजरकोटका निमित्त प्रमुख रविन धितालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आएका कार्यक्रमहरुको कार्यान्वयनमा ध्यान दिन आग्रह गरे । यस्तै, जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले सधैं पहुँचवालाहरुले मात्रै सरकारी अनुदान पाईरहेको गुनासो आईरहेको छ यसपटक बाट त्यस्ता क्रियाकलापहरु दोहरिन नहुने बताए ।

तल दिइएकाे लिंकमा क्लिक गर्नुहाेस्

https://docs.google.com/presentation/d/1pJDd5rtSGiU1PKnzMFVrjK9El0b9wMxm/edit?fbclid=IwAR3kpzjPpB-DcFnlOEpEFBoG4NCFUKvKn7J7DeIB-iSzF2LrQ4Y1YMrecBk

तपाईको प्रतिक्रिया