३५ लिटर अवैध घरेलु मदिरा नष्ट

May be an image of 7 people, people standing and outdoors

जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले अवैध ३५ लिटर घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट खटिएको प्रहरी टोलीले अवैध मदिरा उत्पादन र विक्री वितरण भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा रानागाउँ जाने बाटो, गैरीखाली र पिलडाँडा बाट अवैध मदिरा बरामद गरी नष्ट गरेको हो ।

May be an image of 5 people, people standing and outdoors

यस्तै, प्रहरीले २ सय ३५ लिटर कच्चा पदार्थ जाँड समेत नष्ट गरेको छ । ठुलो ड्रम ८ थान ,सानो ड्रम ५ थान ,मदिरा बनाउने भाँडा २ थान, बाल्टि १ थान र ग्यालन ९ थान लुकाई छिपाई राखेको अबस्थामा फेला पारी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । विभिन्न सरोकारवालाहरुको उपस्थितिमा नष्ट गरिएको हो ।

May be an image of 7 people, people standing and outdoors

तपाईको प्रतिक्रिया