अविरल बर्षाले बारेकोटमा एक घर भत्कायो

No description available.
जाजरकोट । अविरल बर्षाले जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर ५ मा एक घर भत्काएको छ । गाउँपालिकाको वडा नं ५ कालाखोली स्थित विष्णु महरको घर भत्काएर लाखौंको क्षति पुर्याएको हो ।

शनिवार विहान करिव ५ बजेतिर परेको अविल बर्षाले घरमा क्षति पुर्याएको छ । घरमा परिवार सुतिरहेको अवस्थामा भत्किए पनि मानवीय क्षति भएको छैन् ।

No description available.

घर भित्र रहेको अन्न, लत्ताकपडा, भाँडाकुडा पूर्ण रुपमा क्षति पुगेको छ । अन्दाजी १५ लाख बराबरको क्षति भएको स्थानीले बताएका छन् । १२ जनाको परिवार रहेको विष्णुको परिवारमा कहाँ बस्ने भन्ने चिन्ताले सताईरहेको छ । घर भत्किएपछि खाद्यान्न, लत्ताकपडा सबै नष्ट गरेको पीडित महरले बताए ।

घरमा खाना, बस्न अभाव भएकोले राहतको व्यवस्था गरिदिन आग्रह गरेका छन् । गत बर्षको पहिरोमा उच्च जोखिममा परेको कालाखोलीका धेरै घर जोखिममा छन् ।

तपाईको प्रतिक्रिया