जाजरकोटःखस्किदो शैक्षिक क्षेत्र,चिन्तित सरोकारवाला

No description available.
जाजरकोट । विहीबार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शैक्षिक बहसको आयोजना गरियो । त्रिभुवन माद्यामिक विद्यालय खलंगाको भवनमा सञ्चालन गरिएको शैक्षिक बहस कार्यक्रममा भेरी नगरपालिका भित्रका अधिकांश विद्यालयका प्रतिनिधीहरको उपस्थिति थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको बहसमा विद्यार्थी देखि जिम्मेवार सरोकारवाला निकायका प्रतिनिधीहरुको ठूलै संख्यामा उपस्थिति भएका थिए । शैक्षिक सुधारका लागि यस्ता बहसहरु जाजरकोटमा विरलै हुने गर्छन् ।

विहान ११ बजे देखि सुरु भएको कार्यक्रम बेलुका ५ बजे सम्म चल्यो । भेरी नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाका प्रमुख अमृत पुनले नगरपालिकाले गरेका शैक्षिक गतिविधीहरु प्रस्तुत गरे । त्यसपछि शिक्षा विकास तथा समन्वय ईकाइ जाजरकोटका प्रमुख रमेश मल्ले जाजरकोटको शैक्षिक अवस्था बारे धारण राखे ।

त्यसपछि सञ्चालन भएको बहसमा जिल्लाको शैक्षिक अवस्था बारे पत्रकार रेशमबहादुर खड्काले प्रश्न गरे । ‘यहाँको शैक्षिक अवस्था एकदमै नाजुक छ, अधिकांश गाउँमा विद्यालयमा पाठ्यपुस्तक समेत पुगेको छैन्, यसको जिम्मेवारी कसले लिने, मतपत्र छाप्न भ्याउने सरकारले किन पुस्तक छाप्दैन् ?’ नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले जिल्लाको शैक्षिक अवस्था किन नाजुुक भएको गुनासो गरे ।

उनले भने, ‘यहाँको शैक्षिक अवस्था निकै नाजुक रहेको छ, यसको सुधारका लागि सरोकारवालाहरुले ध्यान दिन जरुरी छ । हामी किन शैक्षिक सुधारका लागि चुकिरहेका छौं ।’ एक देश ध्वस्त पार्नुछ भने त्यस देशको शैक्षिक अवस्था सबै ध्वस्त पारिदेउ नेश्नल मण्डेलाको भनाई राख्दै विश्व खाद्य कार्यक्रमका जाजरकोट संयोजक कृष्ण थापाले जिल्लाको शैक्षिक स्थिति निकै कमजोर रहेको बताए । उनले भने, ‘यहाँको शैक्षिक अवस्था निकै कमजोर छ, यसलाई उकास्न जनप्रतिनिधी सरोकारवालाहरुको सक्रिय सहभागिता हुन जुरुरी छ ।’

जिल्लाको शैक्षिक अवस्था सुधारका लागि सरोकारवालाहरुले हस्ताक्षर गरेको नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले बताए । जिल्लाको शैक्षिक अवस्थामा विषयमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शैक्षिक सुधारका लागि प्रत्येक पालिकाहरुमा यस्ता कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको सहभागिहरुले बताएका छन् । जिल्लाको शैक्षिक सुधारमा जोड दिन स्थानीय, प्रदेश र संघीय सरकारलाई घचघच्याउनुपर्ने वेला आएकामा उनीहरुले जोड दिए ।

तपाईको प्रतिक्रिया