
जाजरकोट । जिल्लामा रक्त समुहको परीक्षण संगै रक्तदाताहरुको सूचीरकरण गरिने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जाजरकोटको आयोजनामा यही भाद्र १९ गते रक्त समुह परीक्षण तथा रक्तदाताहरुको सूचीकरण गरिने कार्यक्रमको आयोजना गरिएको उपमन्त्री जनक केसीले जानकारी दिए । केसीका अनुसार, रक्तदाताहरुलाई परिचय पत्र समेत वितरण गरिने छ ।
जाजरकोटमा रगत अभावका कारण धेरैको ज्यान जान सक्ने जोखिमलाई कम गर्न रक्तदाताहरुको सूचीकरण गर्ने र परिचय पत्र वितरण गर्न कार्यक्रमको आयोजना गरिएको हो । भविष्यमा रगत अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनी रक्तदाताहरुको सूचीकरण गरिने उपमन्त्री केसीको भनाई छ ।
कार्यक्रम त्रिभुवन माद्यामिक विद्यालयको परिसरमा हुने छ । मनकारी सबै व्यक्तिहरुलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।
















































। १६ भाद्र २०७९, बिहीबार