
तिम्रै बारेमा गीत लेखेर गाउँछु
माया गर्ने मान्छे म मायाको परिभाषा सिकाउँछु
मिठा मिठा कल्पनामा मेरो मन रमाउँछु
दुई मुटुको एक धडकन बनोस भन्ने चाहान्छु
यो मेरो मनमा तिम्रो तस्विर बसेको छ
मेरो यो मन भित्र तिमीलाई सजाएर राखेको छ ।।
मैले तिमीलाई धेरै माया गरेको छु
मेरो मनबाट मैले भनिरहेको छु
सम्झिएर तिमीलाई भेटन बोलाएको छु
मैले तिमीलाई धेरै माया गरेको छु ।।
नाम :- गोबिन्द राज ओझा (राजन)
ठेगाना :- दिपायल सिलगढी न.पा. २ दिपायल डोटी
















































। १६ भाद्र २०७९, बिहीबार