नौं वर्ष कैद फैसलापछि फरार रुकुम(पश्चिम)का एक जना पक्राउ

May be an image of 3 people, people standing and outdoors
जाजरकोट । नौं वर्ष कैद सजाय भएपछि फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका –११ बस्ने २१ वर्षिय लोकेन्द्र नाथ जोगी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जोगी विरुद्ध उच्च अदालत सुर्खेतले जबरजस्ती करणी मुद्दामा मिति २०७९।०३।३१ गतेको फैसला आदेशले ९( नौ ) वर्ष कैद र रु ५०,०००।–( पचास हजार रुपैया ) जरीवाना भई फैसला गरेपछि फरार रहेकोमा गोप्य सुचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा मंगलबार रुकुम पश्चिम आठबिसकोट नगरपालिका –११ स्थित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए ।

पक्राउपछि आवश्यक कारवाहीको लागि जिल्ला अदालत जाजरकोटमा उपस्थित गराई आज नै जिल्ला अदालतबाट कारागार कार्यालय जाजरकोट चलान गरिएको प्रहरी निरीक्षक पन्तले बताए ।

तपाईको प्रतिक्रिया