ईराकमा प्रतिद्वन्द्वी समुह र सेनाबिच लडाईँ हुँदा ३० जनाको मृत्यु 


ईराकमा प्रतिद्वन्द्वी शिया मिलिशिया र इराकी सुरक्षा बलहरूबीचको भएको लडाइमा ३० जनाको मृत्यु भएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार हिजो रातीदेखि बग्दादको सुदृढ क्षेत्रमा भएको झडप आज बिहान सम्म चलेको थियो । बढ्दो हिंसापछी ईराकको सेनाले बग्दाद सहरमा कफ्र्यु जारी गरेको छ ।

इरानले पनि आज बिहानदेखि इराकसँगको आफ्नो सीमाना बन्द गरेको छ । साथै आफ्ना नागरिकहरूलाई ईराकको यात्रा नगर्न आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया