
जाजरकोट । चरिचरनका लागि पाटन क्षेत्रमा रहेका पशुचौपाया बिरामी हुन थालेपछि बारेकोट गाउँपालिकाले चिकित्सक परिचालन गरेको छ ।
बारेकोट गाउँपालिकाका स्थानीयबासीका पशु चौपाया बिरामी भएको खबर पाएलगत्तै गाउँपालिकाले पशु चिकित्सक गोविन्दबहादुर सिंहको नेतृत्वमा चिकित्सक परिचालन गरेको हो । गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले वडा नम्बर ४ मा रहेका विभिन्न पाटनमा पशुचौपाया बिरामी भएपछि पशु चिकित्सक परिचालन गरेको जानकारी दिए ।
वर्षायाममा स्थानीय घाँस हुर्काएर हिउँदमा प्रयोग गर्नुपर्ने भन्दै वर्षायाममा बारेकोट गाउँपालिकाका पशुचौपाया पाटन क्षेत्रमा बस्ने गरेका छन् । घाँस नखाने, मुख सुन्निने, लगायतका समस्या पशुचौपायमा देखिएको बारेकोट –५ पाखाका प्रेम शाहीले जानकारी दिए ।
वर्षायाममा पाटन क्षेत्रमा हिउँ नहुने भएकाले पर्याप्त घाँस हुन्छ। त्यसैले पशुपालक गाईभैँसी ,गोरु, घोडा,र भेडाबाख्रा पाटन क्षेत्रमा लिएर जाने गरेका छन् ।
















































। ८ भाद्र २०७९, बुधबार