
फोटो : छेडागाड नगरपालिका ,जाजरकोट
भुपेन्द्र नेपाली
जाजरकोट । यतिवेला बर्षाको समय छ । खोलानालाहरु बढिरहेको छन् । ग्रामीण भेगका कतिपय सडकहरु बन्द हुने स्थितिमा छन भने कतिपय सडकहरु बन्द भईसेका छन् । सञ्चालनमा रहेका सडकहरुमा गाडी राम्रोसंग चलिरहेका छैनन् । वेला–वेलामा यात्रुले दुख पाईरहेका छन् ।
यतिवेला जाजरकोट जिल्लाका सात वटै स्थानीय तहहरुका ग्रामीण सडकहरुको स्थिति यस्तै छ । नत दिर्घकालिन रुपमा सञ्चालनमा आउन सकेका छन् नत बन्द नै हुन सकेका छन् दिन प्रतिदिन यात्रुहरुले दुख पाईरहेका छन् । कतिवेला गाडीले यात्रु वोक्छ भने कतिवेला यात्रुले गाडी बोक्छन् । यात्रुहरु दैनिक हिलो धुलोसंग लड्दै यात्रा गर्न बाध्य भएका छन् ।

सिट भन्दा यात्रु बढी
जाजरकोटका सातवटै स्थानीय तहका ग्रामीण सडकहरुमा गुड्ने यात्रुबाहक सबारीले सिट क्षमता भन्दा बढि यात्रु बोक्ने गरेको पाईएको छ । गाडीवालाले पैसाको लोभमा सिट क्षमता भन्दा पनि बढी यात्रु बोक्ने गरेका छन् । स्थानीय सरकारको चरम लाप्रवाही तथा ग्रामीण सडकहरुमा ट्राफिक नहुँदा गाडीवालाले मनपरी गरी यात्रु बोक्ने गरेका हुन् । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने, तिब्र गतिमा सबारी साधन चलाई ग्रामीण सडकहरुमा चल्ने अधिकांश सबारीे साधनले ट्राफिक नियम र यात्रुको जिउ धनको बेवास्ता गरेको पाईन्छ । यस बिषयमा स्थानीय सरकार ट्राफिक बेखबर भएको पाईन्छ ।

फोटो : छेडागाड नगरपालिका १ र ४ को सिमान खाराखोला
मौसम रुपी सडक
जिल्ला भित्रका सडकहरु मौसम रुपी छन् । मौसम अनुसार सडकको हालत फेरबदल हुने गर्छ । यात्रुलाई हिउँदमा घुलोले सताउँछ बर्षामा हिलोले सताउँछ । जाजरकोटका सडकहरुमा यात्रुले कहिले पनि सुखद यात्रा गर्न पाउँदैनन् । हुन त कर्णाली प्रदेशको राजधानी भित्रका सडकहरु नै मौसम रुपी छन् । देश कै दुर्गम जिल्लाहरुमा गनिने जाजरकोटमा मौसम रुपी सडकहरु कसो नहोलान् ?

फोटो : बारेकोट गाउँपालिका दोमिल्दा,जाजरकोट
सडकमा खाल्टाखुल्टी हुन् मात्र यहाँको समस्या होईन् । यहाँका ग्रामीण सडकहरु कतै पहिरोले पुरिएका छन्, कतै बाढीले बगाएको छ । कतिपय ठाउँहरुमा गाडीले नै तान्दैन् पटक—पटक यात्रुहरु गाडीबाट झरेर गाडीलाई ठेल्नु पर्ने बाध्यता छ । १५—२० मिनेटको यात्रा गर्नु पर्दा पनि बाँच्ने आसा नै गुमाउनु पर्छ । यहाँ गाडीले यात्रुलाई हैन् यात्रुले गाडीलाई गन्तव्यसम्म पुर्याई रहेका छन् । पटक—पटक सडक दुर्घटनाबाट पल्सिएको जाजरकोट अहिले पनि उत्तिनै जोखिममा छ ।
के गर्दैछ सरकार ?
यहाँ सडकले सरकारलाई ताकी रहेको छ । सरकार मौन बसिरहेको छ । दिनप्रति दिन सडक दुर्घटना बढ्ी रहेको छ । यहाँ यात्रुले आफ्नो ज्यानसंग खेलेर यात्रा गर्नु परेको छ । सरकार र सरोकारवाला निकायले मुखदर्शक बनी हेरिरहेका छन् । यहाँ विभिन्न स्थानहरुमा सवारी साधन फस्ने गरेका छन् ।
कतिपय स्थानमा बर्षाका कारण खाद्यान्न ढुवानी साधन, विरामी बोकेका गाडीहरु, यात्रुवाहेक सवारी लगायतका अन्य सवारी साधनहरु खोलानालाहरु तर्न नसकेर जाजरकोट वासीले मङ्गगी, यात्रामा ढिला सास्थी खेप्नु परेको छ । यसको समाधानका लागि सरकारले दिर्घकालीन योजना बनाउनु पर्नेमा सरोकारवाला निकायहरु फसेका सवारी साधनलाई उद्धार गर्नका लागि पलह गरिरहेका छन् ।

फोटो : बारेकोट गाउँपालिका दोमिल्दा,जाजरकोट
सरकारले भोली फसेका सवारी साधनलाई उद्धार गर्नेकी ? भोली सवारी साधान फस्नबाट रोक्नका लागि आजै योजना निर्माण गर्ने ? यतिवेला स्थानीय तहको सरकार देखि संघीय सरकार र सरोकारवाला निकायहरुले जनताको समस्या भन्दा पनि आफ्नो वावाको लागि काम गरिरहेको कुरा मुल्याङ्कन गर्न सकिन्छ ।
यी र यस्ता समस्याबाट जाजरकोट वासीलाई संधै टाढा राख्नका लागि सरकार र सरोकारवाला निकायले दिर्घकालिन योजना बनाउन आवश्यक छ । पटक—पटक सडक दुर्घटनाबाट पिल्सिएको जाजरकोटलाई अब सुरक्षित बनाउन आवश्यक छ ।
















































। २ भाद्र २०७९, बिहीबार