
नवीन पि.एम .
सल्यान । बर्खा लागे सँगै साउनको पहिलो साता देखि नै जिल्लाका अधिकांश ग्रामीण सडकहरु प्रायः अबरुद्ध हुने गरेका छन् । कतिपय सडकहरुमा गाडी चलेपनी सडकमा जोखिम मोल्नु परेको यात्रीहरु बताउँछन् ।
सडक माथी र तल बाट पहिरो खस्ने खोलाले सडक चिर्ने समस्या देखिने गरेको छ । बनगाड कुपिन्डे नगरपालिकाको सल्ली,पोखरा ,बामे सडक खण्डमा पनि मुस्किलले जोखिम मोलेरै गाडी चल्छन् । जुन सडक पनि पहिरोका कारण समय –सयममा अबरुद्ध हुदाँ जनताले सास्ती भोग्नुका साथै दैनिक उपभोग्य खाद्यान्नका सामान ढुवानीमा पनि समस्या हुने गरेको वडा नं २ का वडाध्यक्ष मान बहादुर खत्रीले बताए ।
यस्तै, २ र ३ नम्बर वडा संगै बनगाड कुपिन्डे नगरपालिका अन्य वडाहरुमा जाने ग्रामिण सडकहरु पनि बेला बेला अबरुद्ध हुदाँ जनताले समस्या भोग्नु परेको छ । त्यस्तै, जिल्लाका अन्य विभिन्न ठाउँका ग्रामीण सडकहरु पनि बेला–बेला बर्षा संगै आउने पहिरोका कारण सडक बन्द हुने र समस्या आउने गरेको जनगुनासो छ ।
















































। २४ श्रावण २०७९, मंगलवार