नेकपा बहुमत जाजरकोटका यूवा नेता दीपेन्द्र सिंहले विप्लव नेकपा रोजे !

No description available.जाजरकोट । धर्मेन्द्र बास्तोला (कञ्चन) नेतृत्वको नेकपा बहुमत जाजरकोटका यूवा नेता दीपेन्द्र सिंहले विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । शनिवार एक कार्यक्रमका वीच नेत्र विक्रम चन्द्र ( विप्लव) नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।

उनलाई नेकपा जाजरकोटका सेक्रेटरी पौरख मल्ल, भेरी नगर कमिटी इन्चार्ज विराजन शाही, यूवा संगठनका केन्द्रीय सदस्य गोविन्द्र चन्द लगायतका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

No description available.

नेकपा बहुमतको नाम लिएर क्रान्तिकारीको खोल ओढेर बसेकाहरुको आगामी यात्रा सुन्दर, सफल नदेखेपछि आफु पुरै नेतृत्व तिर समाहित भएको सिंहले बताए । ‘अवको यात्रा भनेको वैज्ञानिक समाजवाद स्थापनामा हाम्रो प्रमुख भुमिका रहनेछ, त्यहाँका साथीहरु साँच्चिकै क्रान्तिकारी होइनन्, उनीहरुमा हरेक कुराको पारर्दशिता देखिदैन्’ सिंहले भने ।

यस्तै सिंहलाई स्वागत गर्दै जाजरकोट सेक्रटरी मल्लले यस्ता यूवाहरुको पार्टीलाई खाँचो रहेको र वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन रातदिन नभनि खटिनुपर्ने बताए ।

No description available.

तपाईको प्रतिक्रिया