चौरजहारीले संचालन गरेको रोजगार सहायकको परीक्षामा कोही पास भएनन्

May be an image of sky and tree

तस्विर : प्रिन्स चन्द

रूकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले रोजगार सहायकका लागि पुनः विज्ञापन खोलेको छ । पहिलो पटक खोलिएको विज्ञापनबाट कुनैपनि उम्मेदवार उत्तिर्ण हुन नसकेपछि नगरपालिकाले पुनः विज्ञापन खोलेको हो । नगरपालिकाले पहिलो पटक असार २७ गते विज्ञापन खोलेको थियो ।

उक्त विज्ञापन अनुसार आवेदन दिएका उम्मेदवार मध्यबाट नगरपालिकाले साउन १३ गते प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन गरेको थियो । जसमा १० जनाको नाम समावेश भएको थियो । नगरपालिकाले प्रारम्भिक योग्यताक्रममा नाम भएका उम्मेदवारहरुलाई साउन २० गते लिखित परीक्षा र कम्प्युटर सीप परीक्षण गरेको थियो ।

तर उक्त परीक्षामा सहभागि भएका कुनैपनि उम्मेदवार उत्तिर्ण नभएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । कुनैपनि उम्मेदवार सफल नभएपछि नगरपालिकाले शुक्रबार पुनः विज्ञापन गरेको हो । भाद्र ३ गतेसम्म दरखास्त दिन मिल्ने गरी विज्ञापन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया