मुक्तक : म बाँचेको छु आमा

                मुक्तक
तपाई हुनुहुन्छ र त म बाँचेको छु आमा
सधै यो दिलमा सजाई राखेको छु आमा
तपाईले हरेक कुरामा हौसला दिनुहुन्छ र
म यो दुनियाँको नजरमा रहेको छु आमा ।

मुक्तक
छोराले न गरेर प्रगति रुनु हुन्छ बाआमा
खाएर गाँजा चुरोट अति रुनु हुन्छ बाआमा
लगेर जान्छ पसिना बाआमाले कमाएको
गरेर छोड्छ धनको क्षति रुनु हुन्छ बाआमा
         

 मुक्तक
मित्रता र साईनो अजम्बरी हुनुपर्छ
भावना निस्वार्थ अनि नम्बरी हुनुपर्छ
नाता सम्बन्ध रगतको मात्र हुदैनन्
पराई पनि आफ्नै लाग्छ चाहना मन भरी हुनुपर्छ ।

लेखक : सिंह भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटका अतिरिक्त क्रियाकलाप संयोजक हुन् ।

तपाईको प्रतिक्रिया