एक बर्षमा घरेलु कार्यालयद्धारा २३ लाख २९ हजार राजस्व


जाजरकोट । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले २३ लाख बढी राजस्व संकलन गरेको छ । आर्थिक बर्ष ७८÷७९ मा कार्यालयले २३ लाख १९ हजार १ सय १५ रुपैयाँ राजस्व संकलन गरेको हो ।

जसमध्ये व्यवसाय रजिष्ट्रेशन दस्तुर वापत १८ लाख ३ हजार २ सय ६० रुपैयाँ, अन्य प्रशासनिक सेवा शूल्क ९८ हजार ८ सय रुपैयाँ, सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त रकम ४ लाख ३१ हजार १ सय ३५ रुपैयाँ राजस्व संकलन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया