एसईईमा अस्मिता बोहराले ल्याइन ३.८४ जिपिए, बनिन सल्यान जिल्ला उत्कृष्ट !


नवीन पि.एम.
सल्यान । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौर स्थित निराजन माद्यामिक विद्यालयकी अस्मिता बोहराले ३.८४ जीपीए ल्याएर जिल्ला उत्कृष्ट भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको २०७८ सालको माद्यामिक शिक्षा परीक्षा (एसईईमा) अस्मिता जिल्लाकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेकी हुन् । सल्यानमा ३.८४ जीपीए ल्याउने उनी पहिलो परीक्षार्थी हुन् ।
अस्मिता बोहरा निराजन माविको एक लगनशील, परिश्रमी तथा मेहनती विद्यार्थी भएको निराजन मा.बि.ढोरचौरका प्रधानध्यापक धर्मराज घर्तीले बताए ।

नयाँ सिक्ने कुरामा धेरै चासो राख्ने सोध्ने, पढाइलाई पहिलो प्राथमिकतामा राख्दै स्कुल नियमित आउने,सरल स्वभाव,मिलनसार, र उनको लगनशीलता नै उनको सफलताको आधार मान्न सकिने प्र.अ घर्तीले बताए । एसईई परिक्षामा छोरी जिल्ला उत्कृष्ट भएकोमा छोरीको सफलता ले आफुहरु खुशी भएको बुवा दुर्गा बहादुर बोहरा र आमा धनि बोहराले बताईन् ।

२०७८ सालको एसईईमा सल्यानबाट ४ हजार नौ सय ७२ मध्ये ४ हजार ७ सय ३ जना सहभागी भएका थिए । जसमध्ये साधारणतर्फ ४ हजार ४ सय ३३ जना र प्राविधिकतर्फ २७० जनाले एसईई परिक्षा दिएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सल्यानमा १७ जना विद्यार्थीले ३ दशमलव ६ देखि ४ जीपीए ल्याएका छन् ।

बोर्डले बुधबार सार्वजनिक गरेको नतिजामा सल्यानमा साधारण तर्फ १६ जना र प्राविधिक तर्फ १ जना गरि १७ जनाले ३ दशमलव ६ देखि ३ दशमलव ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका सुचना अधिकारी (प्राविधिक सहायक) कपिल कुमार जोशीले बताए  ।

जिल्ला कै उत्कृष्ट बनेर ३ दशमलव ८४ जीपीए ल्याएकी बोहरा प्राविधिक धार तर्फ अध्ययनरत हुन् । त्यस्तै साधारण तर्फका अन्य दुइजनाले ३ दशमलव ८ जीपीए ल्याएर जिल्लाका अब्बल भएका छन् ।

तपाईको प्रतिक्रिया