
राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आइतबार बसेको सभाको दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।
प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि संशोधन राख्न चाहने सदस्यहरूले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १०६ बमोजिम राष्ट्रिय सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सक्नेछन्।
राष्ट्रिय सभाको अर्को बैठक साउन १२ गते बिहीबार बिहान ११ बजे बस्नेछ।
















































। ९ श्रावण २०७९, सोमबार