जाजरकोट । नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले जाजरकोटमा सञ्चालित डि फार्मेसीका विद्यार्थीको समस्या समाधान गर्न माग गरेको छ । आईतबार ज्ञापनपत्र बुझाउँदै संगठनले विद्यार्थीका समस्या तत्काल समाधान गर्न माग गरेको हो ।
भौतिक कक्षा सञ्चालन गर्नुपर्ने, समयमै परीक्षा सञ्चालन गर्नुपर्ने, प्रयोशालाको व्यवस्था गर्नुपर्ने, विद्यार्थीहरुले माग गरेका सामग्री उपलब्ध हुनुपर्ने लगायतका माग राखी ज्ञापन पत्र बुझाईएको अखिल (क्रान्तिकारी) जाजरकोटका संयोजक वीरबहादुर महर (प्रखर) ले जानकारी दिए ।
केही दिन अघि अध्ययरक्त विद्यार्थीले विभिन्न माग राखी कलेजमा तालाबन्दी गरेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान संग सम्बन्धित डि फार्मेसी २०७६ साल देखि जाजरकोटमा सञ्चालित रहेको छ । प्रतिस्ठानका डिन आएपछि आवश्यक छलफल गरिने अखिल क्रान्तिकारीले जनाएको छ ।

















































। ८ श्रावण २०७९, आईतवार