विदेशका खबर : चीनमा अत्याधिक गर्मी

Taiwanese helicopters fly the country’s flag through the capital Taipei. October 5, 2021. (Lam Yik Fei/The New York Times)
चीनमा आगामी १० दिनसम्म तापक्रम निरन्तर बढ्ने चेतावनी दिईएको छ । मौषम सम्बन्धी अधिकारीहरूले केही प्रान्तहरूमा तापक्रम ४० डिग्रिसम्म पुग्ने अनुमान गरेका छन् । यस अवधीमा जंगलमा आगलागीको उच्च सम्भावना रहेको भन्दै सरकारले चेतावनी जारी गरेको छ । विशेषगरी चीनको झेजियाङ लगायत दक्षिणपूर्वका केही सहरहरूले उच्च चेतावनी जारी गरेका छन् ।

सामान्यतया जुलाईमा उच्चतम तापक्रम २० डिग्रीमा सिमित रहने क्षेत्रहरूमा समेत आगामी २४ घण्टामा ४० डिग्री सेल्सियस पुग्ने अनुमान छ । जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा बढीरहेको गर्मी लामो समयसम्म चलिरहने बिज्ञहरूले बताएका छन् ।

श्रीलंकामा प्रदर्शनकारीहरूमाथि भएको आक्रमणको निन्दा
न्युयोर्कस्थित अधिकारवादी समूह ह्युमन राइट वाच एचआरडब्लूले श्रीलंकामा प्रदर्शनकारीहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ । सुरक्षाकर्मीलाई प्रदर्शनकारीविरुद्ध गैरकानुनी बल प्रयोग रोक्न पनि एचआरडब्लूले सरकारसँग माग गरेको छ । सुरक्षाकर्मीले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका थिए ।

सो क्रममा ९ जना पक्राउ परेका थिए । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान भनेको थियो । पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको सपथ लिनुभएको थियो ।

तपाईको प्रतिक्रिया