
काठमाडौं । पुरुष साफ च्याम्पियनसिपका लागि १९ वर्षमुनिको नेपाली फुटबल टोली आज भारत जाँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज बिहान टोलीलाई बिदाइ गरेको छ । टोली दिउँसो ३ बजे भारत प्रस्थान गर्ने एन्फा महासचिव किरण राईले जानकारी दिए ।
च्याम्पियनसिपका लागि २३ सदस्य नेपाली टोली घोषणा गरिसकिएको छ । प्रतियोगितामा नेपालको कप्तानी अनुभवी मिडफिल्डर आयुष घलानले गर्नेछन् ।च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्सको सामना गर्नेछ ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका छ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। शीर्ष दुई टोली उपाधिका लागि अगस्ट ५ मा भिड्नेछन् ।
















































। ६ श्रावण २०७९, शुक्रबार