लागुऔषध मुद्दाका फरार प्रतिवादी ८ वर्ष पछि पक्राउ


जाजरकोट । लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ८ बर्षपछि पक्राउ गरेको छ । जिल्लाको नलगाड नगरपालिका ३ करुवा बस्ने ४१ बर्षिय दलबहादुर थापालाई ईलाका प्रहरी कार्यालय दल्ली बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालत जाजरकोटको २०७१ मंसिर २५ गतेको फैसलाले गाँजा चरेश मुद्दामा १० महिना कैद सजाय तोकेको थियो । त्यहाँ  बाट फरार रहेका थापालाई ८ बर्षपछि प्रहरी पक्राउ गर्न सफल भएको छ । पक्राउ गरी अदालतमा उपस्थिति गराई कारागार चलान गरिएको जिल्ला जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया