छेडागाड नगरपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने


जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकामा करारमा रहेका कर्मचारीको म्याद थप नहुने भएको छ।असार २५ गते बसेको नगरसभाको बैठकले करारमा रहेका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ ।

अनुदानबाट तलब भता भुक्तानी भई करारमा कार्यरत कर्मचारीको आगामी श्रावण १ गते देखि करार सम्झौता नवीकरण म्याद थप नहुने निर्णय भएको छ ।

अर्को निर्णय नभए सम्मको लागि कामकाज नगर्नु हुन सुचित गरिने प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर आर.सीले जानकारी दिए । उनले भने, ‘करारमा रहेका सबै कर्मचारीको हुदैन्, वीचमा परीक्षा नभएर आएका कर्मचारीको नथप्ने निर्णय भएको हो ।’

नगरपालिकाको आन्तरिक स्रोतले नभ्याएपछि यस्तो निर्णय गर्नुपरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया