जाजरकोट । जिल्लाको भेरी नगरपालिका १२ विष्णेचौरका स्थानीय गाउँमै पानी पुगेपछि निकै खुशी भएका छन् । खानेपानीका लागि घण्टौं हिडेर भेरी नदीको पानी पिउन बाध्य भएका उनीहरु गाउँमै पानी पुगेपछि खुशी भएका हुन् ।
कृषि विकास कार्यालय जाजरकोटको ८० प्रतिशत अनुदान र २० प्रतिशत स्थानीयको श्रमदान बाट गाउँमै लिप्ट मार्फत पानी पुगेको छ ।
‘हामी अहिले निकै खुशी भएका छौं, गाउँमै पानी पुगेको छ, सिंचाईका लागि भेरी नदी बाट लिप्ट मार्फत गाउँमा आएको पानी फिल्टर गरेर हामीले पिईरहेका छौं, यसभन्दा पहिले खानेपानीका लागि घण्टौं हिडेर जान्थ्यो अहिले त निकै सहज भएको छ’ स्थानीय डम्बरकुमारी शाहीले भनिन् ।
गाउँमा कतै पानीका मुहान छैनन्, जेष्ठ वैशाखमा खानेपानीको निकै हाहाकार हुनेगरेको छ सधैं यसरी गाउँमै पानी आएपछि सिंचाई गर्न र तरकारी खेती गर्न निकै सहज हुने शाहीले विश्वास व्यक्त गरिन् । दुर्गादेवी शाही उमेरले ६१ बर्षकी भईन् ।
यसभन्दा पहिले पिउने पानीका लागि घण्टौं हिडेर ल्याएको बताउनुछिन् । अहिले गाउँमा पानी आएपछि पानीका लागि दुःख टरेको समेत उनले खुशी व्यक्त गरिन् ।
कर्णाली प्रदेश सरकारको भेरी करिडोर आसपासका वस्तीहरुमा लिप्ट सिंचाई कार्यक्रम अन्तर्गत विष्णेचौरमा लिप्ट सिंचाई आयोजना सञ्चालन गरिएको कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालले बताए । लिप्ट सिंचाईका लागि कार्यालय बाट १५ लाख रकम विनियोजन गरिएको प्रमुख धितालले बताए ।
रविन धिताल कार्यालय प्रमुख कृषि विकास कार्यालय
अन्य २० प्रतिशत स्थानीयले श्रमदान गरेका थिए । स्थानीयले सिंचाईका लागि ल्याएको पानी पिउन थालेपनि भेरी नदीको पानी पिउन योग्य नभएकोले पानी फिल्टर गर्ने ट्यांकी निर्माण गरिन माग समेत गरेका छन् ।
भेरी नगरपालिका १२ का वडाध्यक्ष बसन्त मल्लले यहाँका जनताको खानेपानीको समस्या समाधान गर्ने आफ्नो चुनावी नारा रहेको र यहाँका स्थानीयलाई सुरक्षित पानी पिलाउन प्रयास गरिएको बताए ।
वडाध्यक्ष बसन्त मल्ल भेरी नगरपालिका १२
टाेपबहादुर नेपाली सूचना अधिकारी कृषि विकास कार्यालय, जाजरकाेट

















































। २८ असार २०७९, मंगलवार