
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले नेपालमा गुमेको हिन्दूराष्ट्रको पहिचान छिट्टै पुनःस्थापित हुने दाबी गरेका छन्।
राष्ट्रिय सनातन धर्म संस्कृति महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वैदेशिक शक्तिहरूको बलमा जबर्जस्ती धर्मनिरपेक्षता घोषणा गरिएको बताएका हुन्।
नेपाललाई हिन्दूराष्ट्रको रुपमा पुनर्स्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दू, बौद्ध, किराँत, शिख, जैनलगायतका सम्पूर्ण सम्प्रदाय एकजुट हुनुपर्ने बताए। उनले धर्म परिवर्तनको डढेलोलाई रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।
















































। २६ असार २०७९, आईतवार