कालिमाटी बारेकोट सडक अवरुद्ध, ठाउँठाउँमा पहिरो

May be an image of outdoorsजाजरकोट । कालिमाटी बारेकोट सडक अवरुद्ध भएको छ । बर्षाले ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । वर्षाले जिल्लाको कालिमाटी ) बारेकोट जोड्ने सडक चिराचिरा भएको छ ।

ठाउँ–ठाउँमा पहिरोले सडक चिराचिरा भएपछि सवारीसाधन ठप्प हुनुको साथै मानिसलाई आवतजावतमा समेत समस्या भएको छ ।

पानीले सडक भरमा पहिरो आउनुका साथै सडक नै बगाएर चिरा चिरा बनाएको स्थानीयवासी बताउँछन्।सडक बिग्रीदा बारेकोटबासिले शास्ती भोगीरहेका छन् ।

बाटो बिग्रीएरका कारण बिरामी, बृदबृद्धा र वालवालिका सगै बिरामीहरु सबैभन्दा यसको मारमा पर्ने गरेका छन । कालिमाटी बारेकोट सडक क्षेत्रमा बर्षातको बेला गाडी अवरुद्ध हुने समस्या बर्षेनीको समस्या हो । बर्षातका बेला यस सगै यस सडक खण्डका धेरै ठाउँहरुमा गाडि अबरुद्ध हुने गरेका थिए । यो समस्या धेरै पहिले देखि जस्ताको तस्तै छ ।

तपाईको प्रतिक्रिया