माबि कोटखोलाकाे भबन उद्घाटन

No description available.
हुम बहादुर कार्की
सुर्खेत । गोर्खा वेलफेयर ट्रस को आर्थिक तथा प्राबिधिक सहयोगमा र जन ज्ञान भण्डार माद्यामिक विद्यालय कोटखोलाको भवन उद्घाटन गरिएको छ ।
गुर्भाकोट २ मालारानी सुर्खेतको आयोजनामा उक्त तीन कोठे भबन उद्घाटन हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम नगर प्रमुख हस्तपुन को प्रमुख अतिथ्ययमा भएको थियो । कार्यक्रम लाई सम्बोधन तथा धन्यवाद दिदै प्रमुख अतिथी पुनले बिधालय का भौतिक पुर्बाधार को बिकास गर्दै शैक्षिक गुणस्तर लाई पनि सङ्गै अगाडि बढाउदै बिद्यालयका आवश्यक माग परिपुर्ति गर्नका लागि आगामी दिनहरुमा पनि लागिपर्ने बताउनु भएको थियो ।

No description available.

यसैगरी बिब्यस अध्यक्ष प्रकाश डिसिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उहाँले विद्यालयका भौतिक पुर्बाधारमा बिकासमा सहयोग गर्ने संघसस्था निकाय लगायत अग्रज ब्यक्तित्वहरु प्रती धन्यवाद दिदै आगामी दिनहरुमा आबश्यक कार्यहरुका लागि विभिन्न निकाय बाट समन्वय गरि अगाडि बढ्ने अध्यक्ष डिसिले बताउनु भएको थियो ।

बिशिस्ट अतिथी गोर्खा वेलफेयर ट्रसका प्रमुख कोषबहादुर गुरुङ्गले गोर्खा वेलफेयर ट्रस बारे जानकारी दिदै उक्त भबन हस्तान्तरण गर्नु भएको थियो र आगामी दिनहरुमा पनि बिद्यालय प्रती सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

No description available.

कार्यक्रमलाई स्वागत गर्दै बिद्यालयका प्राध्यापक गङ्ग प्रसाद भट्टले संस्था प्रती धन्यवाद ज्ञापन तथा स्वागत गर्दै विद्यालयको बारेमा जानकारी दिदै सदैव यस संस्था प्रती साथ सहयोगको अपेक्षा गर्ने बताउनु भएको छ ।

कार्यक्रममा वडा जनप्रतिनिधिहरु समाजसेबी शिक्षक शिक्षिका लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन शिक्षक दिनेश शर्माले गर्नु भएको थियो भने कार्यक्रम सुरुवातमा ब्यानर शिलान्यास र रिबन काटेर प्रमुख अतिथी हस्त पुनले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया