जाजरकोटमा असार १५ गते देखि राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालन हुने

File Photo

जाजरकोट । जाजरकोटमा जिल्ला स्तरिय रनिङ्ग शिल्ड सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा रनिङ्ग शिल्ड सञ्चालन हुन लागेको हो । जिल्लामा अहिले सञ्चालन हुन लागेको रनिङ शिल्ड १३ औं रहेको छ । असार १५ गते देखि १७ गते सम्म सञ्चालन हुने रनिङ्ग शिल्ड भेरी नगरपालिकाको थाप्लेमा हुनेछ ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा पालिका बाट छनोट भएका कक्षा १२ मा अध्ययनरत १८ वर्ष भन्दा मुनिका विद्यार्थीहरुको मात्र सहभागी हुन पाउने प्रावधान रहेको छ । रनिङ्ग सिल्डमा भलिबल,कबड्डि र एथलेटिक्स तर्फ छात्रछात्राहरुकै खेल खेलाइने छ । सहभागिताका लागि जिल्ला खेलकुद विकास समितीले सबै पालिकालाई पत्र पठाइ सकेको समितिका अध्यक्ष नर बहादुर बस्नेतले जानकारी दिए ।

जिल्लाका क्षमतावान् खेलाडीहरुको पहिचान गर्न रनिङ्ग शिल्डले महत्वपूर्ण भुमिका खेल्ने भएकोले जिल्लावासी सबैजनालाई यसमा सहयोग गर्न बस्नेतले अनुरोध समेत गरेका छन् । रनिङ्ग शिल्डको लागि लगभग तयारी अन्तिम चरणमा पुगेको बस्नेतको भनाई छ । जिल्ला स्तरीय खेलमा छनोट भएका खेलाडीहरुले क्षेत्रीय खेल खेल्न पाउने छन् ।

No description available.

तपाईको प्रतिक्रिया