बारेकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले अवैध गाँजाका बोटहरु नष्ट गरेको छ । जिल्लाको बारेकोट गाउँपालिका ३ मुल्साम १ रोपनी जमिनमा गरिएको गाँजाका बोटहरु नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी लिम्सा बाट प्रहरी बरिष्ठ हल्वदार जीवन प्रसाद केवटको कमाण्डमा खटिएको ४ जनाको टोलीले अवैध गाँजाका बोटहरु नष्ट गरेको हो ।
। ८ असार २०७९, बुधबार