शैक्षिक सुधारका लागि आठ बुँदे माग सहित प्रशासनलाई अखिल क्रान्तिकारीको ज्ञापनपत्र

No description available.
जाजरकोट । नेकपा ( विप्लव) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी) जाजरकोटले शैक्षिक सुधारका लागि आठ बुँदे माग सहित जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार संगठनका जिल्ला संयोजक वीरबहादुर नेपाली ( प्रखर) को नेतृत्वमा गएको टोलीले शैक्षिक सुधारका लागि पहल गरिदिन माग सहित जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झलक केसीलाई ज्ञापन पत्र बुझाएको हो ।

शैक्षिक सत्र सञ्चालन भएको लामो समय भैसक्दा पनि समयमै पाठ्यपुस्तक उपलब्ध भएको छैनन् तत्काल उपलब्ध गराउन पहल गरियोस्, जिल्ला भित्र सञ्चालित नीजि तथा सामुदायिक विद्यालयले चर्काे शुल्क लिईरहेका छन् तत्काल खारेज गर्न पहल गरियोस्, विद्यालयहरुमा भौतिक संरचना, शैक्षिक सामग्री र खेलकुद सामग्री उपलब्ध गराई अध्ययन अध्यापनको व्यवस्था गर्न पहल गरियोस्, शैक्षिक संस्थाहरुले शहिद परिवार,विपन्न र जेहेन्दार विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्रि उपलब्ध गराउन पहल गरियोस् भन्ने मागहरु राखिएको संयोजक नेपालीले बताए ।

अखिल क्रान्तिकारीले उठाएका शैक्षिक सवालहरु समाधानका लागि पहल गर्न आग्रह समेत गरिएको छ । यदि मागहरु सम्बोधन गर्न कुनै पहल नगरेमा विभिन्न आन्दोलनहरु हुने र यसको जिम्मा स्वयंम सम्बन्धीत निकायले लिनुपर्ने चेतावनी समेत दिएको छ ।

हेर्नुहोस् यस्तो छ ज्ञापनपत्र

No description available.

No description available.

तपाईको प्रतिक्रिया