सुर्खेतकोे भेरीगंगा दुना टपरी बनाउने तालिम सुरु

कुलेन्द्र शाही

सुर्खेत ।  आर्थिक समृिद्धको आधार, लघु उद्यम मार्फत स्वरोजगार कार्यक्रम अन्र्तगत मेसिनबाट ७ दिने दुना टपरी बनाउने सीप विकास तालिम आज देखि सुर्खेतको भेरीगंगा नगरपालिकामा सञ्चालन भएको छ ।
भेरीगंगा नगरपालीकाको आर्थिक सहयोग र उद्योग विकास शाखाको आयोजना तथा उपहार महिला लघु उद्यमि सहकारी संस्थाद्धारा तालिम सञ्चालन गरिएको हो ।वन तथा जंगलमा खेर गइरहेका सालको पातलाई सदुपयोग गर्दै भेरीगंगा नगरपालीका वडा नम्वर ५ र १० का १२ जना महिलालाई तालिम दिन सुरु गरिएको उद्योग विकास शाखा फोकल पर्सन चित्रा डाङ्गीले जानकारी दिनुभयो ।

यस्तै प्लास्टिकका थाल, गिलास लगायत अन्य सामान प्रयोगमा आए सँगै लोप हुँदै गएको दुना टपरीलाई संरक्षण गर्दै जङ्गलमा खेर गइरहेका सालको पातलाई प्रयोग गरेर व्यावसायिक उत्पादनसँग जोड्ने योजना रहेको फोकल पर्सन डाङ्गीले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालीका नगर उप–प्रमुख धनसरा बोहराले तालीममा सहभागी भएका महिलाहरुलाई जोस जागरका साथ तालीम सकेर आत्मनिर्भर बन्न र कर्णालीको प्रवेशद्धारको रुपमा रहेको भेरीगंगालाई नमुनाका रुपमा चिनाउन महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताउनुभयो ।
तालिम सिकेर राम्रो काम गर्नेलाई नगरपालिकाले मुल्याङन गरी उत्कृष्ट हुनेलाईे प्रोत्साहन गर्ने पनि उहाँले बताउनुभयो ।

मठ मन्दिर तथा विवाह भोज, कर्मकाण्ड, ब्रतबन्ध, श्राद्ध, सत्यनारायण पूजा लगायत धार्मिक कर्मकाण्डमा दुना टपरीको प्रयोग कम हुँदै आइरहेको बताउदै उहाले दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकियो भने पेपर र प्लाष्टिक विस्थापित हुने, महिला दिदीबहिनीहरुलाई घरमै बसेर रोजगारको सिर्जना गर्न सकिने र दुना टपरीको महत्व अझै पनि नघटेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उद्योग बिकास शाखा प्रमुख पिताम्बर पौडेलले भेरीगंगामा सालको पात पर्याप्त मात्रामा पाइने र आफ्नै घरमा बसेर व्यवसाय गर्न सकिने भएकाले यो तालिमले महिलाहरूलाई स्वरोजगार बनाउन निकै मद्दत पुग्ने बताउनुभयो ।
उहाँका अनुसार तालीम सिकेर दुना टपरी बिरेन्द्रनगर लगाएत बिभिन्न ठाउमा निर्यात गर्नृे गरी सिप सिक्न उहाँले आग्ह गर्नुभयो । तालिम अवधिभर प्रशिक्षक हरिकला रम्तेलले सहभागी महिलाहरुलाई आधुनिक मेसिनबाट दुना टपरी बनाउन सिकाउनु हुने छ ।

कार्यक्रममा प्रमुख अतिथि भेरीगंगा नगरपालीका नगरउपप्रमुख धनसरा बोहरा, कार्यक्रमका सभाध्यक्ष उद्योग बिकास शाखा प्रमुख पिताम्बर पौडेल, उद्योग बिकास शाखा फोकल पर्सन चित्रा डाङ्गी, नं वडा १० कि महिला सदस्य खगिसरा पुन मगर, ७ दिने दुना टपरी तालिमकी प्रशिक्षक हरिकला रम्तेल लगायत अन्य व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजिकरण उद्यम विकास सहजकर्ता लाल बहादुर कार्की र सुनिता जैसिले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया